नियम ४३
श्रम सहचारी नियुक्ति सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ६८ को उपदफा (१) बमोजिम श्रम सहचारी नियुक्ति गर्दा एक हजार वा सो भन्दा बढी महिला कामदार पठाइएका मुलुकमा योग्यता पुगेका महिला अधिकृतहरूमध्येबाट श्रम सहचारी नियुक्ति गर्न सकिनेछ ।
(२) श्रम सहचारीको नियुक्ति स्वीकृत मापदण्डको आधारमा गरिनेछ ।
(३) श्रम सहचारीको नियुक्ति गर्दा निजको दरबन्दी मन्त्रालयमा राखी परराष्ट्र मन्त्रालयमा काजमा पठाइनेछ ।
(४) नेपालको राजदुतावास भएको मुलुकको लागि नियुक्त श्रम सहचारीलाई त्यस्तो मुलुकस्थित नेपाली राजदुतावास प्रमुखले राजदुतावासको क्षेत्राधिकारभित्र पर्ने अन्य मुलुकमा समेत नेपाली कामदारको श्रमसँग सम्बन्धित काम गर्ने गरी खटाउन सक्नेछ ।
(५) श्रम सहचारी आफ्नो दैनिक कार्य सम्पादनको लागि सम्बन्धित राजदुतावास प्रमुखप्रति उत्तरदायी रहनेछ ।
(६) श्रम सहचारीको पदनाम तथा सुविधा नेपाल सरकारले तोके बमोजम हुनेछ ।
(७) श्रम सहचारीले त्रैमासिक रुपमा आफूले सम्पादन गरेको काम कारबाहीको प्रतिवेदन मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पठाउनु पर्नेछ ।